–विजया मैनाली
काठमाडौं– नेपालमा हरेक बर्ष कुकुरले टोकेर मात्रै १ सय भन्दा बढीको मृत्यु हुन्छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्रका अनुसार
कुकुर टोकाईका सबै घटना रेकर्ड नहुने भएकाले यो सङख्या अझै बढ्नसक्छ । टेकुस्थित यस अस्पालतमा मात्रै कुकुरको टोकाईका कारण हरेक बर्ष १० देखि १५ जनाको ज्याने गरेको चिकित्सकको भनाई छ । कुकुरले टोकेका कारण अस्पतालमा दैनिक १५० जना सम्म कुकुरले टोकेका बिरामी आउने गर्छन । हो पछिल्लो समय, काठमाडौं उपत्यकामा भुस्याहा कुकुरको संख्या बढ्दै गएको छ ।
भुस्याहा कुकुर व्यवस्थापन गर्ने निकाय काठमाडांै महानगरपालिकाका अनुसार राजधानीमा अहिले करिब ४५ हजार भुस्याहा कुकुर छन । तथ्याङ्क अनुसार, सन २००६ मा काठमाण्डौंमा करिब ३३ हजार भुस्याहा कुकुर थिए । सन २०१२ मा यो संख्या घटेर २३ हजारमा आएपनि अहिले यसको दोब्बर छाडा कुकुर रहेको महानगरले जनाएको छ । भुस्याहा कुकुरहरुको बढ्दो यो संख्या राजधानीबासीलाई भने समस्या बनेका छन् ।
दिउँसो सडकमा खासै नदेखिने छाडा कुकुरहरु बिहान र साँझ सर्वसाधारणलाई निशानामा पार्ने गरेका छन । भुस्याहा कुकुरहरुले गुडिरहेका सवारी साधनमा समेत झम्टेर दुर्घटना गराउने गरेका छन । अर्कोतर्फ यस्ता कुकुर मरेमा दुर्गन्ध फैलिने र अनेक प्रकारको रोगहरुको संक्रमण बढ्ने गरेका छन ।
यसकारण पन िमहानगरपालिकाले बढ्दो संख्यामा रहेका भुस्याका कुकुरको व्यवस्थापनमा ध्यान दिन सर्वसाधारणको आग्रह छ । त्यसो त भुस्याहा कुकुरको बढ्दो संख्या न्युनीकरणका लागि महानगरपालिकाले विभिन्न अभियान नै चलाउँदै आएको छ । महानगरपालिकाले २०५९ सालसम्म बर्षेनी १० हजार भन्दा वढि छाडा कुकुर मार्ने गरेको गरेको थियो । तर पशु अधिकारवादीले विरोध गरेपछि महानगरले अर्को योजना ल्यायो । महानगरले कुकुरको संख्या कम गर्न पोथी कुकुरको स्थायी बन्ध्याकरण गर्ने अभियान चलायो । त्यस बेलाको यो अभियान अहिले पनि हप्तामा एकचोटि हुने गरेको छ । तर पनि महानगरपालिकाले आज सम्म पनि यस अभिायनबाट भुस्याहा कुकुर व्यवस्थापनमा उल्लेख्य उपलब्धि भने गर्न सकेको छैन ।
Tuesday, August 8, 2017
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment