Tuesday, August 8, 2017

Filled Under:

नेपालमा मृत्युका प्रमुख पाँच कारण

– बर्षा महर्जन
साउन २४ । काठमाडौं–हरेक व्यक्तिको लागि मृत्यु एक सास्वत सत्य हो । तर कुरा ढिला चाँडोको मात्र । पछिल्लो समय समाज आधुनिकतातिर उन्मुख भइरहँदा मानिसको मृत्यु पनि त्यस्तै रोगको कारण हुने गरेको छ । क्यानसर, हृदयघात, मतिष्कघात निमोनिया र झाडापखाला जस्ता रोगहरू अहिले नेपालमा मृत्यका कारक रूपमा देखिएका छन् । विश्व स्वास्थ संगठनका अनुसार बर्षेनी नेपालको कुलमृत्युदर  मध्येमा क्यानसरको कारणले १० दशमलब ८ प्रतिशतको मृत्यु हुने गरेको छ ।

 त्यस्तै हृदयघातलाई मृत्युदर बढाउने रोगको दोस्रो नम्बरका रहेको छ । त्यसैगरी, विश्व स्वास्थ्य संगठनको सन् २०१४ को एक प्रतिवेदन अनुसार नेपालमा बर्षेनी मतिष्कघातका कारणले १५ हजारको ज्यान जाने गरेको छ । संसारबाट लोप हुन लागेको निमोनियाबाट नेपालमा बर्षेनी १३ हजारको मृत्यु हुने गरेको तथ्याङ्क छ । त्यस्तै झाडापखालाबाट पनि ६ हजारको मृत्यु हुने विश्व स्वास्थ्य संगठनको प्रतिवदेनले देखाएको छ ।

अस्वथकर खानपान, जनचेतनाको कमी, धुम्रपान र मद्यपान यि रोग लाग्नुका कारक तत्त्व मानिएका छन् । रोगका कारण हुने मृत्युदर न्यूनिकरण गर्न सरकारले खासै भूमिका खलेको देखिदैन । हाल आएर मात्र सरकारले ६५ बर्ष माथि मुटु रोगीलाई नि:शुल्क उपचार गर्ने  योजना बनाएको छ ।

0 comments:

Post a Comment