Monday, August 7, 2017

Filled Under:

राजनीतिक वृत्तमा चर्चा थ्रेसहोल्डको

–दीपक बोहोरा
२३ साउन, काठमाडौं–पहिलो र दास्रो संविधानसभा निर्वाचनमा ६ सय १ जनप्रतिनिधि चयन गर्ने व्यवस्था थियो । जसमा २ सय ४० प्रत्यक्ष निर्वाचनबाट चुनिएका थिए भने बाँकी समानुपातिक व्यवस्थाबाट चुनिएका थिए । सानो जनसङ्ख्यामा पनि धेरै जनप्रतिनिधि भएपछि यसको चौतर्फी विरोध पनि भएको थियो । सांसद संख्या धेरै भएको विषयलाई मध्यनजर गर्दै अहिलेको संविधानमा केन्द्रीय संसदमा प्रत्यक्ष निर्वाचनबाट १ सय ६५ सांसद हुने व्यवस्था गरिएको छ ।
 यो व्यवस्था अनु्सार हरेक जिल्लामा कम्तीमा एउटा निर्वाचन क्षेत्र हुनेछ भने बाँकी जनसंख्या र भूगोलको आधारमा तय गरिने छ । केन्द्रीय संसदका लागि हरेक निर्वाचन क्षेत्रबाट एक जना सांसद निर्वाचन हुनेछन् । प्रत्यक्षतर्फ रहेको रहेको २ सय ४० निर्वाचन क्षेत्रलाई, सरकारले गठन गरेको निर्वाचन क्षेत्र निर्धारणले संविधान तोके बमोजिम १ सय ६५ मा झार्नेछ ।
 सांसदको संख्या कम गर्ने उदेश्यले व्यवस्थापिका–संसद् बैठकले प्रतिनिधिसभामा ३ प्रतिशत थ्रेसहोल्ड राख्ने गरी संसदमा पेश भएको राजनीतिक दलसम्वन्धी विधेयक यसअघि नै बहुमले पारित गरिसकेको छ । व्यवस्थापिका संसदले मधेसी मोर्चा र साना दलको विरोधका बीच उक्त विधेयक बहुमतले पारित गरेको थियो । राज्य व्यवस्था समितिले दलबीच लामो समयदेखि छिनोफानौ हुन नसकेको न्यूनतम मतसीमा (थ्रेसहोल्ड) को विषयलाई बहुमतका आधारमा अघि बढाएको थियो । राष्ट्रिय दलका रुपमा मान्यता प्राप्त गर्न निश्चित मत प्राप्त गर्नुपर्ने वा नपर्ने भन्ने विषयमा दलबीच लामो समयदेखि गम्भीर मतभेद रहादै आएको थियो ।

समितिले प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत र पहिलो हुने निर्वा्चित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने विषयलाई बहुमतले पारित गरिसकेको अवस्थामा अब सांसदको संख्या  केही घट्ने देखिएको हो । राजनीतिक विश्लेषकहरूले निर्वाचन क्षेत्र घट्नु र थ्रेसहोल्डको व्यवस्था गरिनु नेपालको सन्दर्भमा उपयुक्त भएको भन्दै यसको कार्यान्वयन जरूरी रहेको बताएका छन् । निर्वाचन क्षेत्र घटाउने र थ्रेसहोल्ड राख्ने दुवै कुरामा नेपालका लागि उपयुक्त भएपनि पछिल्लो समय ठूला राजनीतिक दलका नेताले पुरानै निर्वाचन क्षेत्र कायम गरिदा उपयुक्त हुने बताउँदै आएका छन् भने साना दलले थ्रेसहोल्डको विरोध गर्दै आएका छन् ।



0 comments:

Post a Comment