साउन २३, काठमाडौं । नेपालमा जन्मने हरेक नेपाली नागरिक राज्यको ऋण बोकेर जन्मछ । अझ दुख लाग्दो कुरा त के छ भने बर्षेनी राष्ट्रिय घट्ला भन्दा बढ्दो अवस्थामा छ । पछिल्लो तथ्याङ्क अनुसार कुरा गर्ने हो भने अहिले प्रत्येक नेपालीको टाउकोमा २४ हजार ऋण पुगेको छ ।
यसमा ६४ अर्ब २२ करोड थपिएसँगै सरकारको कुल ऋण ६ खर्ब ९२ अर्ब दुई करोड पुगेको छ । यो रकमलाई केन्द्रीय तथ्यांक विभागको प्रक्षेपणअनुसार सन् २०१७ मा पुग्ने नेपालको जनसंख्याले भाग लगाउादा प्रत्येक नेपालीको टाउकोमा २३ हजार ९ सय ६२ रुपैयाँ ऋण पर्न जान्छ । २०६८ सालको जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख, ९४ हजार ५ सय रहेको छ भने नेपालको हालको बार्षिक प्रत्तिब्यक्ति आय ८ सय ६२ डलर रहेको छ ।
अर्थ मन्त्रालयको तथ्यांकअनुसार आव ०७२/७३ सम्म प्रत्येक नेपालीको भागमा २२ हजार एक सय ५९ रुपैयाँ ऋण थियो । सरकारले ०७३/७४ मा प्रतिव्यक्ति कुल तिर्न बााकी ऋणको भार घट्ने अनुमान गरे पनि सावा–ब्याज भुक्तानीको तुलनामा बढी ऋण लिएपछि नेपालीको टाउकोमा ऋण भार थप भएको हो ।
0 comments:
Post a Comment