Monday, August 7, 2017

Filled Under:

राजपाले तेस्रो चरणको स्थानीय तह चुनावमा पनि भाग नलिने

गोपी भण्डारी
साउन २३– काठमाडौं । आफ्नो माग सम्बोधन नभएको भन्दै पहिलो र दास्रो चरणमा भएको स्थानीय तहको चुनावमा भाग नलिएको राष्ट्रिय जनता पार्टी नेपालले माग सम्बोधन नभए २ नम्बर प्रदेशमा हुने तेस्रो चरणको चुनावमा पनि भाग नलिने भएको छ । राजपा नेपाललाई सहभागी गराउन भन्दै सरकारले मधेशकेन्द्रीत दलहरूको प्रभाव क्षेत्रको रूपमा रहेको प्रदेश नम्बर २ मा अगामी असोज २ गते स्थानीय तहको चुनाव गर्दै छ ।

तर राजपा नेपालका नेताहरूले भने संविधान शंसोधन नभएसम्म चुनावमा भाग नलिने बताउँदै आएका छन् । नेताहरूले माग सम्बोधन नभइ चुनाव भए राजपाले चुनाव विथोल्ने चेतावनी समेत दिएका छन् । सीमाङ्कन, जनसंख्याका आधारमा क्षेत्र निर्धारण, भाषा, नागरिकता, मधेश आन्दोलनका घाइतेलाई क्षतिपूर्ति, मुद्दा फिर्ता लगायतका माग राख्दै राष्ट्रिय जनता पार्टी संविधान जारी भएदेखि नै संर्घषरत छ ।

तत्कालीन मधेशी मोर्चा र हालको राष्ट्रिय जनता पार्टी नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार र वर्तमान नेपाली कांगेस्रका सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारसँग संविधान शंसोधनको विषयमा तीन बुँदे सहमति गरेको थियो ।

 संविधान संशोधनका विषयमा दलहरुबीच हालसम्म पनि सहमति बन्न हुन नसक्दा संविधान शंसोधनको विषय टुङ्गो लाग्न सकेको छैन । राजपा नेपालले आफ्ना माग सम्बोधन नभए प्रदेश र केन्द्रको चुनावमा पनि भाग नलिने बताउँदै आएको छ ।

0 comments:

Post a Comment